Kathmandu Press

१३ जिल्ला कोरोनामुक्त

ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, रामेछाप, मनाङ, मुस्ताङ, स्याङ्जा, अर्घाखाची, हुम्ला, डोल्पा, कालीकोट पश्चिम रुकुम र दार्चुला सङ्क्रमणमुक्त भएका छन्।
१३ जिल्ला कोरोनामुक्त

काठमाडाैं, असाेज ४ : देशका तेह्र जिल्ला कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, रामेछाप, मनाङ, मुस्ताङ, स्याङ्जा, अर्घाखाची, हुम्ला, डोल्पा, कालीकोट पश्चिम रुकुम र दार्चुला सङ्क्रमणमुक्त भएका छन्।

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज जारी गरेको नियमित बुलेटिनका अनुसार तीन हजार पाँच सय १२ परीक्षणमध्ये ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। 

देशभर एक सय ६० कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । यो दर प्रतिशत ९८.६ प्रतिशत रहेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार छ सय १९ पुगेको छ । यस्तै होम आइसोलेसनमा एक हजार पाँच सय ५८, संस्थागत आइसोलेसनमा ६१, सघन उपचार कक्ष (आइसियु)मा १९ जनाको उपचार भइरहेको छ।  

प्रकाशित मिति: १८:२१ बजे, मंगलबार, असोज ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्