Kathmandu Press

अमेरिका–बेलायत व्यापार सम्झौता अनिश्चित

अमेरिका–बेलायत व्यापार सम्झौता अनिश्चित

बैंकक, असोज ४ : बेलाइतकी प्रधानमन्त्री लिज ट्रसले अमेरिकासँग आफ्नो देशले निकट भविष्यमा व्यापार सम्झौता गर्ने अपेक्षा आफूले नगरेको बताएका छन् । 

बेलायतको प्रधानमन्त्रीमा नियुक्त भएपछि आफ्नो पहिलो विदेश भ्रमाणका क्रममा अमेरिका आउनुभएकी उनले आफ्नो भ्रमण दलमा रहेका पत्रकाररूसँग विमानमा कुरा गर्दै वर्षौँसम्म बेलाइत र अमेरिकाबीच स्वतन्त्र व्यापार सम्झौता नहुने स्पष्ट गरे। अमेरिकासँगको व्यापार सम्झौता आफ्नो प्राथमिकता नभएको पनि उनले बताए। 

Hardik ivf

संयुक्त राष्ट्रसङ्घको ७७ औँ महासभामा भाग लिन आएकी उनले आफ्ना पूर्ववर्ती कन्जरभेटिभ पार्टीका बोरिस जन्ससन र थेरेसा मेका अडान विपरीत अमेरिकासँगको व्यापार सम्झौतालाई प्राथमिकता दिएका छैन । युरोपेली सङ्घबाट बाहिरिँदा दुवै प्रधानमन्त्रीले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रसँग व्यापार सम्झौता गर्ने प्रतिबद्धता जनाएका थिए। 

प्रधामन्त्री ट्रसले भारत, साउदी अरब, कतारलगायत गल्फ कोअपरेसन काउन्सिलका सदस्य राष्ट्रसँग व्यापार सम्झौता पहुँच विस्तार आफ्नो प्राथमिकता भएको बताए। दुई साताअघि प्रधानमन्त्रीको कार्यभार सम्हाल्नुभएकी उनले भोलि अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्नेछन् । उनीहरूबीच गत सोमबार महारानी एलिजाबेथको अन्त्येष्टिका बेला लण्डनमा भेट भएको थियो। 

राष्ट्रपति बाइडेनसँग बुधबार हुने भेटले  अधिनायकवादीहरूका विरुद्ध बेलाइत र अमेरिका एकसाथ रहेका तथा सामुहिकरूपमा रूसी आक्रमणविरुद्ध उभिन बेलाइत–अमेरिका समर्थ छन् भन्ने सन्देश गर्ने प्रधानमन्त्री ट्रसले बताए । युक्रेनमाथि रूसले  आक्रमण गरेपछि विश्वव्यापीरूपमा उत्पन्न चुनौती समान गर्न अमेरिकाजसता सहयोगीका साथै फ्रान्स, युरोपेली सङ्घ, बाल्टिक देशसँग सहकार्य गर्न चाहेको उनले बताए। बेलाइत र अमेरिकाले युक्रेन युद्ध, रूस र  चीनप्रति समान धारणा एवम् अडान राखेका छन्।  

प्रकाशित मिति: १७:१७ बजे, मंगलबार, असोज ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्