Kathmandu Press

बढ्दाे द्वन्द्व र जलवायु प्रकोपले विश्व जोखिमपूर्ण परिस्थितिमा 

बढ्दाे द्वन्द्व र जलवायु प्रकोपले विश्व जोखिमपूर्ण परिस्थितिमा 

काठमाडौं, असोज ४ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले वर्तमान विश्व विशाल अनिश्चय र अनिष्टको जोखिमपूर्ण अवस्थामा रहेको बताएका छन् ।

तीनवर्षपछि  विश्व नेताहरूको भौतिक उपस्थितिमा भएको ७७ औँ राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्ने मन्तव्यमा उनले  द्वन्द्व र जलवायु प्रकोप, बढ्दो गरिबी र असमानतासँगै रूसले युक्रेनमा आक्रमण गरेपछि विश्व नै अनिश्चय र अनिष्टको जोखिमपूर्ण परिस्थितिमा पुगेको वास्तविकता औँल्याउने राष्ट्रसङ्घका प्रवक्ताले उल्लेख गरेका छन् । महासचिवले युक्रेन युद्धपछि शक्तिराष्ट्रबीचको विभाजन समयमै सम्बोधन हुनुपर्नेमा पनि जोड दिने उनले बताए। 

Hardik ivf

महासचिवको मन्तव्यमा  कोभिड–१९ महामारीले विश्वमा पारेको प्रभाव तथा विकासोन्मुख राष्ट्रलाई त्यसका असरबाट पार पाउन हम्मेहम्मे परेको, त्यसनिम्ति पूँजीमा पहुँच नपुगको कटु यथार्थ चित्रित हुने, महामारीका कारण शिक्षा, स्वास्थ्य एवम् महिला अधिकारमा पारेको आघातको चर्चा गर्नुहुने राष्ट्रसङ्घका प्रवक्ता स्टेफेन डुजारिकले जनाए । 

प्रवक्ता डुजारिकका अनुसार भूराजनीतिक विभाजनले विश्वलाई नै जोखिममा पारेकाले विश्वशान्ति एवम् स्थायित्वमा उहाँले जोड दिनुहुने उनले पत्रकारहरूलाई बताएका छन् । रूस र युक्रेनबीचको युद्धका कारण विश्वव्यापीरूपमा निम्तिएको खाद्य सङ्कट तथा शीतयुद्ध समाप्त भएपछि नदेखिएको प्रमुख शक्तिराष्ट्रहरूबीचको वैमनस्यतालाई सम्बोधन गर्नुपर्ने महासचिवको धारणा मन्तव्यमार्फत व्यक्त हुनेछ। 

प्रकाशित मिति: १७:१४ बजे, मंगलबार, असोज ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्