Kathmandu Press

बैतडीमा घर भत्किँदा १५ वर्षीया किशोरीको मृत्यु 

माटोको छानो भएको घर एक्कासी सोमबार राति दुई बजेतिर भत्किँदा सुतिरहेकी पूजाको च्यापिएर मृत्यु भएको बताइएको छ।
बैतडीमा घर भत्किँदा १५ वर्षीया किशोरीको मृत्यु 

बैतडी, असोज ४ : घर भत्किँदा च्यापिएर  बैतडीमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका– १ लेककी १५ वर्षीया पूजा लुहार रहेकी बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए। 

माटोको छानो भएको घर एक्कासी सोमबार राति दुई बजेतिर भत्किँदा सुतिरहेकी पूजाको च्यापिएर मृत्यु भएको बताइएको छ।  

वर्षाका कारण कमजोर भएको छानो राति एक्कासि भत्किँएको हो । प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । टोली पुगेपछि थप जानकारी आउने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। पूजा स्थानीय डुग्रीखान माविमा कक्षा ६ मा अध्ययनरत थिइन्।

प्रकाशित मिति: १६:१६ बजे, मंगलबार, असोज ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्