Kathmandu Press

रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘विचारभन्दा माथि देश’ सार्वजनिक

पुस्तक लोकार्पण गर्न प्रकाशक संस्था फाइन प्रिन्टले आज आयोजना गरेको कार्यक्रममा सबैभन्दा पहिले पुग्ने १० जना व्यक्तिसँगै पूर्व उपप्रधानमन्त्री एवं वामपन्थी नेता सीपी मैनाली, पूर्वमन्त्री एवं जलस्रोतविद् दीपक ज्ञवालीलगायते पुस्तक लोकार्पण गरेका हुन् । एक सय ९१ पृष्ठको पुस्तकको बिक्रीबाट आउने आम्दानी राजनीतिक सुधार अभियानमा लगाइने जनाइएको छ । 
रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘विचारभन्दा माथि देश’ सार्वजनिक

काठमाडौं, असोज ३ : पत्रकारिता हुँदै लेखन र राजनीतिमा सक्रिय रहनुभएका रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘विचारभन्दा माथि देश’ लोकार्पण भएको छ ।

पुस्तक लोकार्पण गर्न प्रकाशक संस्था फाइन प्रिन्टले आज आयोजना गरेको कार्यक्रममा सबैभन्दा पहिले पुग्ने १० जना व्यक्तिसँगै पूर्व उपप्रधानमन्त्री एवं वामपन्थी नेता सीपी मैनाली, पूर्वमन्त्री एवं जलस्रोतविद् दीपक ज्ञवालीलगायते पुस्तक लोकार्पण गरेका हुन् । एक सय ९१ पृष्ठको पुस्तकको बिक्रीबाट आउने आम्दानी राजनीतिक सुधार अभियानमा लगाइने जनाइएको छ । 

Hardik ivf

प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका मिति घोषणा भएका बेला राजनीतिक विचार अघि सारी पुस्तक सार्वजनिक भएको हो । कार्यक्रममा मिश्रले संवैधानिक राजसंस्था, सङ्घीयता खारेजी, हिन्दू–बौद्ध राष्ट्र, कल्याणकारी (सामाजिक) लोकतन्त्रका विषय पुस्तकमा उल्लेख गरिएको जानकारी गराए । 

“पृथ्वीनारायण शाहको दिव्योपदेश र विपी कोइरालाको राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई समायोजित रुपमा अङ्गीकार गर्नुको विकल्प छैन, दुवै नेताले देशलाई शिरमा राखेरमात्र बाँकी निर्णय लिए”, पुस्तकमा लेखक मिश्रले भनेका छन् । 

आफू व्यक्तिगत रुपमा धर्मका विषयमा निरपेक्ष रहे पनि धर्मान्तरणका घटना बढिरहेकाले हिन्दू–बौद्ध राष्ट्रको मुद्दा आवश्यक रहेको उहाँको भनाइ थियो । धर्म निरपेक्षताकै आडमा धादिङको रुवीभ्यालीका ७० प्रतिशत तामाङ समुदायलाई धर्मान्तरण गरिएको उनले सुनाए ।

पूर्व उपप्रधानमन्त्री एवं नेकपा (माले) का महासचिव मैनालीले मिश्रको पुस्तकले प्रजातान्त्रिक आन्दोलनमा नयाँ विचार दिएको बताए । लेखकका अनुभूति पोखिएको पुस्तकले मार्ग परिवर्तनको प्रस्ताव गरेको उनले सुनाए ।

कार्यक्रममा पत्रकार रमा सिंह, प्रकाशक संस्था फाइन प्रिन्टका संस्थापक नीरज भाइलगायतले मिश्रको पुस्तकको विशेषताका बारेमा प्रकाश पारेका थिए । पुस्तकको मूल्य रु ४५० तोकिएको छ । 

प्रकाशित मिति: २०:११ बजे, सोमबार, असोज ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्