Kathmandu Press

सस्कृतिको संरक्षण गर्नु सबैको साझा दायित्व : मन्त्री श्रेष्ठ

सस्कृतिको संरक्षण गर्नु सबैको साझा दायित्व : मन्त्री श्रेष्ठ

काठमाडौं, असोज ३ : संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीनवराम श्रेष्ठले मुलुकको धर्म संस्कृतिको संरक्षण गर्नु सबैको साझा दायित्व भएका बताएका छन् । 

ज्यापु समाज यलले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रमपछि मन्त्री श्रेष्ठले कला संस्कृतिको संरक्षण नगरेसम्म मुलुकको बिकास नहुने बताए । 

Hardik ivf

उनले देश विकासको मुख्य आधार नै पर्यटन रहेकाले पर्यटनसँग जोडिएको सम्पदाको संरक्षण गर्नु आजको आवश्यकता रहेको जिकिर गरे। मन्त्री श्रेष्ठले नेपालको संस्कृति र सम्पदाहरुबाट पर्यटकहरुलाई आकर्षित गर्न सकिने धारणा पनि राखे।

उनले पर्यटन क्षेत्रको बिकासका लागि सरकारले अघि सारेको अवधारणापत्रलाई कार्यान्वयन गरेरै छाड्ने प्रतिवद्धता जनाए। 

प्रकाशित मिति: १८:२० बजे, सोमबार, असोज ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्