Kathmandu Press

९१ जनामा कोरोना संक्रमण पुष्टि

हाल नेपालमा १ हजार ७ सय ४० सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
९१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, असाेज ३ : नेपालमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको २ हजार ४ सय ८८ पिसिआर परिक्षणका क्रममा ७५ जना जना र १ हजार ४ सय ३६ एन्टीजेन परिक्षणका क्रममा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

Hardik ivf

कोरानोका कारण सोमबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै थप १ सय ६५ संक्रमित कोरोनामुक्त भएका छन्।

हाल नेपालमा १ हजार ७ सय ४० सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १८:१५ बजे, सोमबार, असोज ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्