Kathmandu Press

आठ दलद्वारा प्रदेशसभा समानुपातिक निर्वाचन सूची दर्ता

आठ दलद्वारा प्रदेशसभा समानुपातिक निर्वाचन सूची दर्ता

काठमाडौं, असोज ३ : विभिन्न आठ राजनीतिक दलले प्रदेशसभातर्फ समानुपातिक निर्वाचन सूची दर्ता गराएका छन् । 

आयोगले अपराह्न ४ः३० बजे उपलब्ध गराएको तथ्याङ्कअनुसार ती दलले प्रदेशसभा समानुपातिक निर्वाचन सूची दर्ता गराएका हुन् । 

प्रदेश १ मा तीन, मधेसमा दुई, बागमतीमा तीन, गण्डकीमा दुई, लुम्बिनीमा एक, कर्णालीमा एक र सुदूरपश्चिममा तीन पार्टीले सूची गर्दा गराएका छन्। 

आयोगका अनुसार राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय नागरिक पार्टी, किराँत खुम्बुवान साझा पार्टी, खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, बहुजन एकता पार्टी नेपाल र ताम्सालिङ लोकतान्त्रिक पार्टीले समानुपातिक निर्वाचन सूची दर्ता गराएका छन्। 

प्रकाशित मिति: १८:०९ बजे, सोमबार, असोज ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्