Kathmandu Press

दक्षिण कोरियामा १९ हजार चार सय सात कोरोनाका नयाँ सङ्क्रमित

कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ४४ लाख १३ हजार आठ सय ७३ जना भएका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन्।
दक्षिण कोरियामा १९ हजार चार सय सात कोरोनाका नयाँ सङ्क्रमित

सोल, असोज ३ : दक्षिण कोरियामा २४ घण्टाको समयावधीमा अर्थात आइतबार मध्यरातीसम्ममा १९ हजार चारसय सात कोरोनाका नयाँ सङ्क्रमित थपिएका जनाएको छ।

यसैसँगै कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ४४ लाख १३ हजार आठ सय ७३ जना भएका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन्। 

गम्भीर अवस्थामा रहेका सङ्क्रमितको संख्या अघिल्लो दिनको तुलनामा १९ जनाले बढेर ५०८ पुगेको छ। सङ्क्रमणको कारण ३९ जनाको मृत्यु भएको पुष्टि भएको छ।

यसैसँगै मृतकको सङ्ख्या २७ हजार आठ सय ६७ पुगेको छ। कुल मृत्यु दर ०।११ प्रतिशत रहेको छ।

प्रकाशित मिति: १६:३४ बजे, सोमबार, असोज ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्