Kathmandu Press

जापानमा नानमाडोल आँधीका कारण कम्तीमा दुईजनाको मृत्यु

नानमाडोल आँधी सोमबार बिहान १२६ किलोमिटर प्रति घण्टा हावाको गतिमा फुकुओका सहरमा पुगेको जापान टाइम्सले जनाएको छ।
जापानमा नानमाडोल आँधीका कारण कम्तीमा दुईजनाको मृत्यु

टोकियो, असाेज ३ : जापानको दक्षिणपश्चिमी टापु क्युसुमा आएको आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ। यस प्रकोपको कारण करिब ७० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

नानमाडोल आँधी सोमबार बिहान १२६ किलोमिटर प्रति घण्टा हावाको गतिमा फुकुओका सहरमा पुगेको जापान टाइम्सले जनाएको छ। यस क्षेत्रका केही भागहरुमा चार सय मिलिमिटर वर्षा हुने अपेक्षा गरिएको मौसम विज्ञान एजेन्सीले बताएको छ। 
 
यस आँधीको कारण मङ्गलबार होन्सुको ठूलो भूभागमा भारी वर्षा हुने र बाढी र पहिरोको जोखिम निम्त्याउने अनुमान गरेको एजेन्सीले जनाएको छ।

जापानको मौसम विज्ञान एजेन्सीले टोकियो र छेउछाउको कानागावा प्रान्तको लागि बाढी आउन सक्ने चेतावनी जारी  गरेको छ।

यद्यपि क्युशुको ठूलो भाग र उत्तरपूर्वी प्रान्तहरू बाढीको चेतावनीमा थिए। लगातारको वर्षाका कारण सम्भावित पहिरो र बाढीको जोखिम उच्च रहेका जापान टाइम्सले जनाएको छ। 

प्रकाशित मिति: १६:०५ बजे, सोमबार, असोज ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्