Kathmandu Press

नाइजेरियामा सडक दुर्घटना, १९ जनाको मृत्यु

राजधानी अबुजाको यान्जी ग्वालादा सडकमा सो दुर्घटना भएको हो।
नाइजेरियामा सडक दुर्घटना, १९ जनाको मृत्यु

अबुजा, असोज ३ : नाइजेरियामा सडक दुर्घटनामा परी कम्तीमा पनि १९ जनाको ज्यान गएको छ।

यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार नाइजेरियाको राजधानी अबुजाको सडक दुर्घटनामा परेर ती नागरिकको ज्यान गएको हो।

Hardik ivf

सो दुर्घटनामा परेर अरु सात जना नराम्ररी घाइते भएका पनि समाचारमा जनाइएको छ। राजधानी अबुजाको यान्जी ग्वालादा सडकमा सो दुर्घटना भएको हो। सडक विभागका एक अधिकारीले यहाँको उक्त सडकमा बस र ट्रक एक आपसमा जुध्दा सो दुर्घटना भएको हो।

यहाँ सो सडकमा तीन ओटा सवारी साधन एक आपसमा जुधेका र जसका कारण यति धेरै नागरिकको ज्यान गएको हो। सो सडकमा तीन ओटा सवारी साधन के कसरी आपसमा जुध्न पुगेका थिए भन्ने बारेमा अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ।

यहाँ बेपर्वाहसँग सवारी हाँक्ने, सडकको अवस्था पनि कमजोर रहेको र यहाँका सवारी साधनहरुले क्षमता भन्दा पनि बढी मात्रामा भारी बोक्ने गरेकाले समय समयमा सडक दुर्घटना हुने गरेको अधिकारीहरुले जनाएका छन्। 
 

प्रकाशित मिति: १४:३८ बजे, सोमबार, असोज ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्