Kathmandu Press

‘अमेरिकासँग बन्दीहरु आदानप्रदान गर्न इरान तयार’

इरानी विदेश मन्त्रालयका प्रवक्ता नासिर कनानीले आफूहरु अमेरिकासँग बन्दीहरु आदानप्रदान गर्न तयार रहेको जानकारी दिएका हुन्।
‘अमेरिकासँग बन्दीहरु आदानप्रदान गर्न इरान तयार’

तेहरान, असार ३ : अमेरिकासँग आफ्ना बन्दीहरु आदानप्रदान गरी रिहा गर्न इरान तयार रहेको इरानको विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन्।

इरानी विदेश मन्त्रालयका प्रवक्ता नासिर कनानीले आफूहरु अमेरिकासँग बन्दीहरु आदानप्रदान गर्न तयार रहेको जानकारी दिएका हुन्।

इरानी समाचार समिति इस्नासँग उनले भनेका छन्, 'हामी अमेरिकासँग बन्दीहरु आदानप्रदान गर्न पहिले पनि तयार थियौँ र अहिले पनि हामी तयार नै छौं।' 

उनले यसका लागि अमेरिकासँग विभिन्न समय र विभिन्न तरिकाबाट कुराकानी भएको जानकारी गराए।

यस विषयमा केही समयअघि भियनामा भएको आणविक वार्ताका क्रममा अमेरिकासँग आवश्यक मात्रामा छलफल भएको जानकारी पनि सो समाचार समितिसँग उनले दिएका छन्। 

प्रकाशित मिति: १४:२८ बजे, सोमबार, असोज ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्