Kathmandu Press

फिलिपिन्समा कोरोनाका कारण एकै दिन ३५ जनाको मृत्यु

फिलिपिन्समा कोरोनाका कारण एकै दिन ३५ जनाको मृत्यु

मनिला, असाेज ३ : फिलिपिन्समा आइतबार मात्र दुई हजार तीन सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ।

यहाँ केही दिनयता कम्तीमा पनि दुई हजार जनामा सो सङ्क्रमण देखिने गरेको बताइएको छ। यहाँको स्वास्थ्य विभागले  आइतबार मात्र यो सङ्क्रमणबाट कम्तीमा पनि ३५ जनाको ज्यान गएको जनाएको छ।

यो समेत गरेर यहाँ कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि अहिलेसम्ममा कम्तीमा पनि ६२ हजार जनाको ज्यान गएको छ।

यहाँ कोरोना भाइरसका सक्रिय सङ्क्रमितहरु बढेर २६ हजार भन्दा बढी पुगेको अधिकारीहरुले जनाएका छन्। साथै यहाँ यो भाइरसको सङ्क्रमण सुरु भएदेखि अहिलेम्ममा ३९ लाखभन्दा बढी नागरिक सङ्क्रमित हुन पुगेका छन्।

यहाँका ७२ प्रतिशत नागरिकलाई कोरोना विरुद्धको पूर्ण मात्रा खोप दिइएको पनि समाचरामा जनाइएको छ। 

प्रकाशित मिति: १४:२२ बजे, सोमबार, असोज ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्