टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (फोटो फिचर)
सैनिक मञ्च टुंडिखेलमा संविधान दिवस भव्यताका साथ मनाइएको छ ।
काठमाडौं, असोज ३ : सैनिक मञ्च टुंडिखेलमा संविधान दिवस भव्यताका साथ मनाइएको छ ।
संविधानसभाबाट संविधान जारी भएको आज सात वर्ष पूरा भएको अवसरलाई विशेष समारोहका साथ मनाइएको हो।समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्री, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत सहभागी थिए।
टुँडिखेलमा आयोजित समारोहमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ। नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाइएको थियो
।
सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संविधान संघीयतासहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ।





प्रकाशित मिति: १३:५१ बजे, सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












