Kathmandu Press

संविधानले केन्द्रिकृत राज्य व्यवस्थाद्वारा सिर्जित विभेद अन्त्य : मुख्यमन्त्री शाही

संविधानले केन्द्रिकृत राज्य व्यवस्थाद्वारा सिर्जित विभेद अन्त्य : मुख्यमन्त्री शाही

सुर्खेत, असाेज ३ : प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपालको संविधानले केन्द्रिकृत राज्यव्यवस्थाद्वारा सिर्जित विभेद अन्त्य गरेको बताएका छन्। 

संविधान दिवस २०७९ का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्नुहुँदै मुख्यमन्त्री शाहीले संविधानले समानुपातिक, समावेशी र समतामूलक समाज निर्माणमा जोड दिएको बताएका छन्।

Hardik ivf

मुख्यमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, 'नेपालको संविधानले समाजमा भएका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ, सार्वभौमसत्ता नेपाली जनतामा नीहित छ जनता राज्य शक्तिको स्रोत भएका छन्।'

सङ्घीय सरकारले आवश्यक कानुन नबनाउँदा संविधानले दिएका कतिपय अधिकार प्रदेश तथा स्थानीय तहले प्रयोग गर्न नपाएको भन्दै उहाँले तीन तहका सरकारलाई शक्ति र स्रोत बाँडफाँट गरी सङ्घीय प्रणालीलाई संस्थागत गर्न आवश्यक भएको बताएका छन्।

प्रकाशित मिति: १३:४७ बजे, सोमबार, असोज ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्