Kathmandu Press

संविधानको रक्षा र सुदृढिकरणका लागि गठबन्धनको जित आवश्यक छ : प्रचण्ड

प्रचण्डले लोकतान्त्रिक गणतन्त्र र संविधानका लागि जीवन उत्सर्ग गर्ने शहीदहरुप्रति पनि श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता, घाइते तथा अपांगता भएका योद्धाहरुप्रति उच्च सम्मान प्रकट गरेका छन्। 
संविधानको रक्षा र सुदृढिकरणका लागि गठबन्धनको जित आवश्यक छ : प्रचण्ड

काठमाडौं, असोज ३ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान र सिंगो व्यवस्थाको रक्षाका लागि  गठबन्धनको जित अपरिहार्य रहेको बताएका छन्। 

संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले संविधानको रक्षा र सुदृढीकरणका लागि गठबन्धनमा रहेका दलहरुले जित्न आवश्यक रहेको बताउँदै आगामी निर्वाचनमा जिताउन मतदातालाई आग्रह गरेका छन् ।

Hardik ivf

संविधानले मुलुकममा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको मात्र नभई समानुपातिक, समावेशी, मौलिक हक, पहिचान र अधिकार लगायतका विषय अग्रगामी समेत रहेको प्रचण्डले बताएका छन्। ‘सिंहदरबारमा रहेको एकात्मक राज्य व्यवस्थाको केन्द्रीकृत शासन प्रणालीलाई नागरिकको घरदैलोमा पुर्याउने श्रेय पनि वर्तमान संविधानलाई जान्छ । यसले नागरिकलाई गाउँगाउँमा सिंहदरबारको अनुभूति गराएको छ,’ सन्देशमा उल्लेख छ। 

प्रचण्डले लोकतान्त्रिक गणतन्त्र र संविधानका लागि जीवन उत्सर्ग गर्ने शहीदहरुप्रति पनि श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता, घाइते तथा अपांगता भएका योद्धाहरुप्रति उच्च सम्मान प्रकट गरेका छन्। 

‘प्रतिगमन विरोधी अग्रगामी सम्पूर्ण नेपाली जनसमुदायलाई गठबन्धनमा रहेका दलहरुलाई विजयी गराई संविधान रक्षा एवं सफल कार्यान्वयनका लागि हार्दिक अपील गर्दै पुनः एकपटक संविधान दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उनले भनेका छन्। 

प्रकाशित मिति: १३:११ बजे, सोमबार, असोज ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्