Kathmandu Press

नुवाकोटमा दुई लाख ३९ हजार मतदाता

नुवाकोट, असोज २ : आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा नुवाकोटका दुई लाख ३९ हजार सात सय २६ मतदाताले आफ्नो मताधिकार...
नुवाकोटमा दुई लाख ३९ हजार मतदाता
Hardik ivf

नुवाकोट, असोज २ : आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा नुवाकोटका दुई लाख ३९ हजार सात सय २६ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने भएका छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पूरा भएका पुरुष मतदाताको सङ्ख्या एक लाख २३ हजार नौ सय ४१ तथा महिलाको सङ्ख्या एक लाख १५ हजार सात सय ८२ र अन्य तीन मतदाता रहेका छन् । त्यस्तै जिल्लाभरिमा मतदानस्थल एक सय ३२ र मतदान केन्द्र दुई सय ८८ कायम गरिएको निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
    
नुवाकोटमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र दुई तथा प्रदेशसभा निर्वाचन क्षेत्र चार रहेका छन् । यस्तै निर्वाचन क्षेत्र नं १ मा एक लाख २० हजार सात सय ५२ र क्षेत्र नं २ मा एक लाख १८ हजार नौ सय ७४ मतदाता छन् । त्यसमध्ये निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (क)  मा ५९ हजार चार सय ५९ र (ख) मा ६१ हजार दुई सय ९३ मतदाता छन् । निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (क) मा ५९ हजार चार सय ५३ र (ख) मा ५९ हजार पाँच सय २१ मतदाता रहेको निर्वाचन आयोगले विवरणमा उल्लेख छ।
    
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका लागि नुवाकोटमा दुई लाख ३७ हजार चार सय ३४ मतदाता कायम भएका थिए । त्यसबीचमा सञ्चालन भएको मतदाता नामावली सङ्कलन कार्यक्रममा सहभागी भई चार हजार पाँच सय ३७ जनाले फोटो खिचाएका थिए।

गत भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अध्यावधिक कार्यक्रम सञ्चालन भएको थियो । त्यस समयमा मृत्यु भएका मतदाताको नाम हटाउनका लागि मात्र निवेदन परेको जिल्ला निर्वाचन कार्यलयका सूचना अधिकारी रुद्रबहादुर सुसलिङले बताए। 

प्रकाशित मिति: १४:१३ बजे, आइतबार, असोज २, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्