Kathmandu Press

चीनको गुइझोउमा सडक दुर्घटना : २७ जनाको मृत्यु, २० घाइते

गुइयाङ, असाेज २ : दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तमा यात्रुवाहक बस पल्टिदा २७ जनाको मृत्यु भएको तथा २० जना घाइते भएका छन्। आइतबार बिहान भएको...
चीनको गुइझोउमा सडक दुर्घटना : २७ जनाको मृत्यु, २० घाइते

गुइयाङ, असाेज २ : दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तमा यात्रुवाहक बस पल्टिदा २७ जनाको मृत्यु भएको तथा २० जना घाइते भएका छन्। 

आइतबार बिहान भएको उक्त दुर्घटनाको स्थानीय प्रहरीले पुष्टि गरेको छ। बसमा ४७ जना सवार थिए।

सान्डु सुइ स्वायत्त काउन्टीको राजमार्गमा गुडिरहेका बस एक्कासी दुर्घटना भएको उक्त काउन्टीको सार्वजनिक सुरक्षा ब्युरोले जनाएको छ।

दुर्घटनाको कारण सार्वजनिक गरिएको छैन। 

प्रकाशित मिति: १३:१४ बजे, आइतबार, असोज २, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्