Kathmandu Press

चीनको फलाम खानीमा बाढी पस्दा चौध जनाको मृत्यु

काठमाडाैं, असाेज २ : राजधानी बेइजिङबाट  करिब एक सय ६० किलोमिटर पूर्वमा अवस्थित हेबेइ फलाम खानीमा बाढी पस्दा १४ जनाको मृत्यु भएको छ...
चीनको फलाम खानीमा बाढी पस्दा चौध जनाको मृत्यु

काठमाडाैं, असाेज २ : राजधानी बेइजिङबाट  करिब एक सय ६० किलोमिटर पूर्वमा अवस्थित हेबेइ फलाम खानीमा बाढी पस्दा १४ जनाको मृत्यु भएको छ भने एक जना हराइरहेका छन् । 

यो महिनाको प्रारम्भमा त्यहाँ पसेको बाढीमा परी उक्त हताहती भएको तथा घटनास्थलमा खोज तथा उद्धारका काम स्थगन गरिएको सरकारी अधिकारीहरूले आज जनाएका छन्।

खानीमा के कारणले बाढी पस्यो भन्ने बारेमा अनुसन्धान भईरहेको ताङसान नगर सरकारले एक सङ्क्षिप्त विज्ञप्ति निकालेर जनाएको छ ।  हेबेइ फलाम र इस्पात खानीका निम्ति प्रसिद्ध छ। चीनमा वर्सेनि खानी दुर्घटना हुने गरेका छन् । ती दुर्घटनामा अधिकांश मजदुरले ज्यान गुमाएका छन्।

प्रकाशित मिति: ११:३८ बजे, आइतबार, असोज २, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्