Kathmandu Press

भरतपुर महानगरमा ‘मेयर उद्यमशीलता’तालिम

भरतपुर महानगरमा ‘मेयर उद्यमशीलता’तालिम
Hardik ivf

चितवन, असोज २ : भरतपुर महानगरपालिकाले दुई हजार युवालाई  निःशुल्क तालिम दिने भएको छ । तालिममा सहभागी हुनका लागि आवेदनसमेत माग गरिसकेको छ । यसका लागि भरतपुर महानगरपालिकाभित्र बसोबास गर्ने, कम्तीमा ८ कक्षा उत्तीर्ण र १८ वर्ष पूरा गरी ४० वर्ष नपुगेका व्यक्तिले सहकारी प्रवद्र्धन शाखामा सम्पर्क गर्नुपर्ने महानगरले जनाएको छ।

आर्थिक वर्ष २०७९÷८० को सहकारी कार्यक्रम तथा प्रवद्र्धन नीति तथा कार्यक्रमबमोजिम सैलुन, प्लम्बर, इलेक्ट्रिसियन, ड्राइभिङ र मागमा आधारित ‘मेयर उद्यमशीलता’ तालिम दिन लागिएको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले मागका आधारमा न्यूनतम छ महिनाको निःशुल्क तालिम प्रदान गर्न लागिएको जानकारी दिएका छन् । युवाले इच्छा गरेअनुरुप महानगरपालिकाले प्राविधिक तालिम प्रदान गरिने जनाइएको छ। 

प्रमुख दाहालले रोजगारी प्रर्वद्धन गर्ने स्थानीय सरकारको दायित्व भएकाले बढीभन्दा बढी रोजगारी प्रवर्धन गर्ने उद्देश्यले तालिम दिन लागिएको बताए। महानगरपालिकाले चालु आवमा युवालाई लक्षित गरी दक्ष जनशक्ति उत्पादन र रोजगारी प्रवर्धन गर्न एक करोड ५० लाख बजेट विनियोजन गरेको उनले जानकारी दिए। 

प्रकाशित मिति: १०:५१ बजे, आइतबार, असोज २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्