Kathmandu Press

‘जनताका धेरै आकाङ्क्षा पूरा गर्न सक्यौँ भन्ने लाग्छ’

काठमाडौं, असोज २ : पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विभिन्न उतारचढावका बीच प्रतिनिधिसभाको पाँचवर्षे कार्यकाल सफल रहेको बताएका हुन्। ‘संविधान बनेपछिको पहिलो...
‘जनताका धेरै आकाङ्क्षा पूरा गर्न सक्यौँ भन्ने लाग्छ’

काठमाडौं, असोज २ : पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विभिन्न उतारचढावका बीच प्रतिनिधिसभाको पाँचवर्षे कार्यकाल सफल रहेको बताएका हुन्। 

‘संविधान बनेपछिको पहिलो संसद्को कार्यकालमा विभिन्न उतारचढाव रह्यो, दुईपटक विघटन भयो,’ उनले भने, ‘ठ्याक्कै सन्तुष्टि हुने ठाउँ त छैन तर जनताका धेरै आकाङ्क्षा पूरा गर्न सक्यौँ भन्ने लाग्छ।’निवर्तमान सांसद श्रेष्ठले संविधान, लोकतन्त्र र सङ्घीयता बचाउनुपर्ने कर्तव्य आफूहरूले निर्वाह गरेको बताए । ‘त्यही कारण हामीले पार्टीमा विद्रोह ग¥यौँ,’ उनले भने। 

निवर्तमान सांसद केदार सिग्देलले एउटा विधायकले गर्नुपर्ने जिम्मेवारी पूरा गरेको बताएका छन्। ‘आफ्नो क्षमताले भेटेसम्म पदीय दायित्व इमानदारीपूर्वक बहन गर्ने प्रयास गरेँ,’ उनले भने, ‘धेरै गरेँ भनी ठूला कुरा गर्न चाहन्न तर एउटा विधायकले निर्वाचन क्षेत्र र जनताको हितमा गर्न सकिनेसम्मका काममा हरदम कोसिस गरेँ।’ 

प्रकाशित मिति: १०:३८ बजे, आइतबार, असोज २, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्