Kathmandu Press

बाढीले बगाएर कैलालीमा एक जना बेपत्ता, दुई घाइते

धनगढी, असोज २ : कैलालीको धनगढी उपमहानगरपालिका–१३ झलारी खोलामा आएको बाढीले बगाएर २० वर्षीया नवीना चौधरी बेपत्ता भएकी छन्।वर्षासँगै खोलामा आएको बाढीमा माछा...
बाढीले बगाएर कैलालीमा एक जना बेपत्ता, दुई घाइते

धनगढी, असोज २ : कैलालीको धनगढी उपमहानगरपालिका–१३ झलारी खोलामा आएको बाढीले बगाएर २० वर्षीया नवीना चौधरी बेपत्ता भएकी छन्।

वर्षासँगै खोलामा आएको बाढीमा माछा मार्ने क्रममा चौधरी डुबेर बेपत्ता भएकी हुन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Hardik ivf

त्यस्तै, वर्षासँगै भएको डुबानले घर भत्किँदा कैलालीको टीकापुर नगरपालिकाकामा एक र चुरे गाउँपालिकामा पहिराले घर भत्किँदा एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार टीकापुर नगरपालिका–२ मा कच्ची घर भत्किँदा २२ वर्षीय शिशिर चौधरी घाइते भएका हुन्। टीकापुर अस्पतालमा उपचाररत उनको अवस्था सामान्य रहेको छ।

यस्तै जिल्लाको पहाडी क्षेत्रको चुरेगाउँपालिका–३ का स्थानीय रामप्रसाद सापकोटाको घर पहिरोले भत्किँदा आठ वर्षीय आयुस घाइते भएका छन्। घाइते बालकको अवस्था सामान्य छ। पहिराले टिनको छाना भएको घर पसलमा क्षति पुगेको छ।

बाढी र डुबानका कारण जिल्लाको भजनी र लम्कीचुहा नगरपालिका, चुरे, जोशीपुर र जानकी गाउँपालिकामा गरी झण्डै एक हजारभन्दा बढी घरपरिवार प्रभावित भएको प्रारम्भिक आकलन छ। वर्षासँगै कैलालीको लम्कीचुहा नगरपालिकाका विभिन्न वडाका एक सय १७ घरमा पानी पसेपछि घरभित्र राखिएको धनमालमा क्षति पुगेको छ।

 

प्रकाशित मिति: ०६:४९ बजे, आइतबार, असोज २, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्