Kathmandu Press

मुक्त कमैयाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री भट्ट

कैलाली, असाेज १ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुक्त कमैयाका समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको बताएका छन। शनिबार मुक्त कमैया...
मुक्त कमैयाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री भट्ट

कैलाली, असाेज १ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुक्त कमैयाका समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको बताएका छन। शनिबार मुक्त कमैया महिला विकास मञ्च कैलालीको १५औँ साधारणसभा तथा पाँचौँ अधिवेशनमा उनले अध्यादेशमार्फत कानुन ल्याएर भए पनि मुक्त कमैयाका समस्या समाधान गरिने बताए।
 
उनले कानुनी जटिलताका कारण मुक्त कमैयाको समस्या समाधान गर्न समस्या भएको बताए। मुक्त कमैया, कम्लरी, मुक्त हलियालगायत समस्या समाधान गर्नका लागि प्रदेश सरकारले धेरै छलफल गरेर कानुन तयार गरेको उनले बताए।

निर्वाचनले गर्दा संसद् रोक्नुपरेको बताउँदै उनले कानुन सदनबाट पास गर्न सक्ने स्थिति नबनेकाले अध्यादेश ल्याएर भए पनि समस्या समाधान गर्नुपर्ने बताए। उनले मुक्त कमैयाका सबै समस्या समाधान गर्न एकीकृतरूपमा कानुन ल्याएर अगाडि बढ्नुपर्ने बताए।

संविधानले भूमि दिने अधिकार सङ्घीय सरकारलाई मात्रै दिएको जानकारी दिँदै मुख्यमन्त्री भट्टले प्रदेश सरकारको चाहना मुक्त कमैयालाई भूमिको व्यवस्था हुनुपर्छ तर कानुनी जटिलताका कारण दिन नसकिएको स्पष्ट पारे।

प्रकाशित मिति: १८:१५ बजे, शनिबार, असोज १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्