Kathmandu Press

पाकिस्तान बाढी : थप ३७ जनाको मृत्यु, ९२ घाइते

काठमाडाैं, असाेज १ : पाकिस्तान विभिन्न भागमा परेको मुसलधारे वर्षापछिको बाढीमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ भने अन्य ९२ जना घाइते भएका...
पाकिस्तान बाढी : थप ३७ जनाको मृत्यु, ९२ घाइते

काठमाडाैं, असाेज १ : पाकिस्तान विभिन्न भागमा परेको मुसलधारे वर्षापछिको बाढीमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ भने अन्य ९२ जना घाइते भएका छन्। 

राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार बाढीसम्बन्धी छुट्टाछुट्टै घटनामा ज्यान गुमाउनेमध्येमा १६ बालबालिका र सात महिला रहेका छन्।

यो वर्षको वर्खेझरीका कारण देशका विभिन्न स्थानमा बाढी आउँदा एक हजार पाँच सय ४५ जनाको मृत्यु भएको छ। बाढीजन्य भवितव्यमा परी १२ हजार  आठ सय ५० जना घाइते भएका छन्। 

देशभर परेको भीषण  वर्षा र त्यसपछिको बाढीले १९ लाख २० हजार घर ध्वस्त भएका तथा नौ लाख ३५ हजार सात सय ९५ चौपाया मरेका छन्।

बाढी प्रभावित क्षेत्रमा प्राधिकरण, अन्य सरकारी संस्था, स्वयंसेवी र गैरसरकारी संस्थाले  उद्धार तथा राहत सामग्री वितरणलाई निरन्तरता दिइरहेका छन्। 

प्रकाशित मिति: १८:११ बजे, शनिबार, असोज १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्