एनसेलको दुई लाख नगद पुरस्कार सिगुलाई
काठमाडौं, मंसिर २० : एनसेल प्राइभेट लिमिटेडले रिचार्जमा चमत्कार योजनाअन्तर्गत पहिलो हप्ताको पुरस्कार चित्रकुमार सिगुले जितेका छन्।
<....
काठमाडौं, मंसिर २० : एनसेल प्राइभेट लिमिटेडले रिचार्जमा चमत्कार योजनाअन्तर्गत पहिलो हप्ताको पुरस्कार चित्रकुमार सिगुले जितेका छन्।
बिहीबार एक कार्यक्रमका बीच रिचार्जमा चमत्कार योजना अनुसार २ लाख नगद पुरस्कार उनलाई हस्तान्तरण गरेको छ । पाँचथरका सिगु यस योजनाअन्तर्गत पहिलो हप्ताका पाँच विजयीमध्येका एक हुन्।
आफ्नो कष्टमर लोयल्टी कार्यक्रमअन्तर्गत एनसेलले मंसिर १ गतेदेखि रिचार्जमा चमत्कार अफर सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख नगद र प्रत्येक महिना १० लाख नगद जित्ने मौका पाउँने छन् ।
योजनाको पहिलो हप्ताका पाँच विजेता ग्राहकमध्ये बिहीबार एक ग्राहक सिगुले एनसेल सेन्टर कुमारीपाटीबाट २ लाख नगद पुरस्कार ग्रहण गरेका छन् । पेशाले सिकर्मी रहेका सिगुले नगद पुरस्कार पाएर अत्यन्त खुसी व्यक्त गर्दै आफूले पाएको पुरस्कार रकमले आफ्नो बगुंर फार्ममा थप लगानी गर्ने बताए ।
यसैगरी, यस योजनाअन्तर्गत दोस्रो हप्तामा विजयी भई प्रमाणिकरण भएका एक ग्राहकलाई छिटै बिर्तामोडबाट २ लाख नगद हस्तान्तरण गरिने छ । मंसिर १६ मा घोषणा गरिएका दोश्रो हप्ताका ५ भाग्यशाली विजयीमध्ये तीन विजयी ग्राहक प्रमाणीकरण प्रक्रियामा रहेका छन् भने एक विजयी योजनाको सर्त बमोजिम अयोग्य ठहरिएकाले दोस्रो हप्तामा वितरण भएका कोडका आधारमा तेश्रो हप्ता उक्त ग्राहकको स्थानमा नयाँ भाग्यशाली ग्राहक छनोट गरिनेछ ।
एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकले हप्तामा १०० वा यसभन्दा बढीको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन् । आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा यो योजना सञ्चालन भइरहेको छ र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिनेछ ।
ग्राहकले १०० वा त्यो भन्दा बढीको ब्यालेन्स रिचार्जमा प्रत्येक १०० बराबरको एक विषेश कोड एसएमएसमार्फत प्राप्त गर्छन् । यसरी प्राप्त हुने प्रत्येक कोडलाई ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्न पर्ने हुन्छ । यस योजनाअन्तर्गत प्रत्येक हप्ता सोमबार साँझ ६स्३० बजे एपि वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण र एनसेलको फेसबुक पेजमार्फत पाँच भाग्यशाली ग्राहकको घोषणा हुन्छ ।
आवश्यक प्रक्रिया पुर्याइ प्रत्येक हप्ताको शुक्रबारभित्र अघिल्लो हप्ताका विजयीलाई नगद पुरस्कार हस्तान्तरण गरिनेछ।










-1754206481.jpg)
