संसद्को चालु अधिवेशन आज रातिदेखि अन्त्य
काठमाडाैं, असाेज १ : संघीय संसद्को दुवै सदनको चालु अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य हुने भएको छ।संसद् अधिवेशन अन्त्य भएसँगै राष्ट्रियसभाको असोज...
काठमाडाैं, असाेज १ : संघीय संसद्को दुवै सदनको चालु अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य हुने भएको छ।
संसद् अधिवेशन अन्त्य भएसँगै राष्ट्रियसभाको असोज २ गतेका लागि निर्धारित बैठक स्वतः अन्त्य भएको राष्ट्रियसभाद्वारा जारी सूचनापत्रमा उल्लेख छ।
नेपालको संविधानअनुसार राष्ट्रपतिबाट मन्त्रिपरिषद्को सिफारिसमा सङ्घीय संसद्को दुवै सदन आजदेखि अन्त्य हुन लागेको हो।
प्रकाशित मिति: १७:०२ बजे, शनिबार, असोज १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












