Kathmandu Press

धर्म संस्कृतिको संरक्षण गर्नु सबैको साझा दायित्व : मन्त्री श्रेष्ठ

काठमाडाैं, असाेज १ : संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीनवराम श्रेष्ठले जात्रा पर्व, धर्म संस्कृति राज्यको सम्पत्ति रहेको भन्दै त्यसको संरक्षण गर्नु सबैको...
धर्म संस्कृतिको संरक्षण गर्नु सबैको साझा दायित्व : मन्त्री श्रेष्ठ

काठमाडाैं, असाेज १ : संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीनवराम श्रेष्ठले जात्रा पर्व, धर्म संस्कृति राज्यको सम्पत्ति रहेको भन्दै त्यसको संरक्षण गर्नु सबैको साझा दायित्व रहने बताएका छन्।  

आज यहाँ नरदेवी श्वेतकाली मन्दिरको उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले कला संस्कृतिको संरक्षण नगरेसम्म मुलुकमा आर्थिक रुपान्तरण हुन नसक्ने बताए। देश विकासको मुख्य आधार नै पर्यटन रहेकाले पर्यटनसँग जोडिएको सम्पदाको संरक्षण गर्नु आजको आवश्यकता रहेको उनको भनाइ थियो।    

Hardik ivf

कार्यक्रममा काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहले २०७२ सालको भूकम्पका कारण क्षति भएका सबै एतिहासिक सम्पदाको पुनर्निमाणको काम सक्दो छिटो गर्नुपर्ने बताए।

पुनर्निर्माणका क्रममा कमजोरी भए आगामी दिनमा त्यसलाई सच्याउन आफू तयार रहेको उहाँको भनाइ थियो। उपप्रमुख सुनिता डंगाेलले सम्पदा संरक्षणका लागि महानगरका तर्फबाट कुनै कसर बाँकी नराख्ने बताए। 

सो अवसरमा पुरातत्व विभागका प्रमुख दामोदर गौतमले आगामी आर्थिक वर्षसम्म भूकम्पका कारण क्षति भएका ऐतिहासिक संरचनाको पुननिर्माणको काम सम्पन्न हुने जानकारी दिए। कार्यक्रममा कामपा–१८ का अध्यक्ष न्युछेकाजी महर्जनले सम्पदा रहे मात्र पुरातत्व विभाग रहने भएकाले सांस्कृतिक सम्पदा पुननिर्माणको सम्पूर्ण जिम्मा विभागले लिनुपर्ने बताए।

भूकम्पबाट क्षति पुगेका सम्पदा पुनःनिर्माणका लागि कामपा–१८ र पुरातत्व विभागले करिब रु दुई करोड खर्च गरेको बताइएको छ।

प्रकाशित मिति: १५:२२ बजे, शनिबार, असोज १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्