Kathmandu Press

विज्ञानको सही प्रयोग आजको आवश्यकता : प्रचण्ड

काठमाडाैं, असाेज १ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञानको सही प्रयोग आजको आवश्यकता भएको बताएका छन्।शनिबार काठमाडौंमा विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित...
विज्ञानको सही प्रयोग आजको आवश्यकता : प्रचण्ड

काठमाडाैं, असाेज १ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञानको सही प्रयोग आजको आवश्यकता भएको बताएका छन्।

शनिबार काठमाडौंमा विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रममा प्रचण्डले विज्ञान र प्रविधि क्षेत्र अहिलेको आवश्यता भएको भन्दै यसको सहि प्रयोग गर्नुपर्ने बताएका हुन्।

उनले आफू दोश्रो पटक प्रधानमन्त्री हुँदा विज्ञान प्रविधि क्षेत्रमा बजेट बढाउन पहल गरे पनि रोक्ने काम भएको जिकिर गरे। उहाले उत्पादन वृद्धि र कृषि क्रान्ति पनि विज्ञानको विकासबिना सम्भव नरहेको बताए।

कार्यक्रममा प्रचण्डको व्यक्तिगत ‘मोबाइल एप’ लन्च गरिएको थियो।
 

प्रकाशित मिति: १५:१७ बजे, शनिबार, असोज १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्