Kathmandu Press

वनहराको बाढीले बगायो झेलुंगे पुल

कञ्चनपुर, असोज १ : अविरल वर्षासँगै वनहरा नदीमा आएको बाढीले झेलुंगे पुल बगाएको छ। वनहरामा शुक्रबार राति आएको बाढीले शुक्लाफाँटा नगरपालिका–१ २स्थित तिलकी...
वनहराको बाढीले बगायो झेलुंगे पुल

कञ्चनपुर, असोज १ : अविरल वर्षासँगै वनहरा नदीमा आएको बाढीले झेलुंगे पुल बगाएको छ। वनहरामा शुक्रबार राति आएको बाढीले शुक्लाफाँटा नगरपालिका–१ स्थित तिलकी र देखभूली जोड्ने झोलुङ्गे पुल बगाएको हो।

सो झेलुंगेपुल दुई वर्षअघि मात्र निर्माण भएको पुल गयरातीको बाढीले क्षति पुर्‍याएको हो ।

Hardik ivf

विभिन नदीमा आएको बाढीका कारण कञ्चनपुरमा मात्र ४ हजार परिवार विस्थापित भएका छन्। वनहराको बाढी बस्तीमा पसेपछि शुक्लाफाँटा नगरपालिका–११ को वनहरा शिविरका ३० घर र वडा नम्बर १२ का ४ घर डुबानमा परेका छन्।

यस्तै, मछेली नदीको बाढीले कृष्णपुर नगरपालिका(४ को बेलकुन्टीमा ८० घर, मोहना नदीको बाढीले कृष्णपुर नगरपालिका–५ को पवित्रा बस्तीका ७० घर डुबानमा परेका छन् ।

 

 

प्रकाशित मिति: १३:२२ बजे, शनिबार, असोज १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्