Kathmandu Press

कर्णाली प्रदेशसभाको दशौं अधिवेशन अन्त्य

सुर्खेत, असोज १ : कर्णाली प्रदेशसभाको दशौं अधिवेशन अन्त्य भएको छ। प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि दशौं अधिवेशन...
कर्णाली प्रदेशसभाको दशौं अधिवेशन अन्त्य

सुर्खेत, असोज १ : कर्णाली प्रदेशसभाको दशौं अधिवेशन अन्त्य भएको छ। प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि दशौं अधिवेशन अन्त्य भएको जनाएको हो ।

नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम कर्णाली प्रदेश प्रमुख तिलक परियारबाट शुक्रबार राति १२ बजेदेखि दशौँ अधिवेशन अन्त्यको पत्र प्राप्त भएसँगै प्रदेश सचिवालयले जानकारीका लागि सूचना प्रकाशन गरेको उपसचिव तेजप्रकाश जोशीले जनाए।

संवैधानिक व्यवस्थाअनुसार शुक्रबारेदेखि प्रदेशसभाका सभामुख, उपसभामुख तथा सदस्यको पाँच वर्षे कार्यकाल सकिएकाले सूचना निकालिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

 

प्रकाशित मिति: १२:०१ बजे, शनिबार, असोज १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्