Kathmandu Press

पहिरोले भीमदत्त राजमार्ग बिहानैदेखि अवरुद्ध

धनगढी, असोज १ : कैलालीको चुरे गाउँपालिकामा पहिरो जाँदा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ।आज बिहान पौने ३ बजे चुरे गाउँपालिका– ६ बालकोटस्थित सडक...
पहिरोले भीमदत्त राजमार्ग बिहानैदेखि अवरुद्ध

धनगढी, असोज १ : कैलालीको चुरे गाउँपालिकामा पहिरो जाँदा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ।

आज बिहान पौने ३ बजे चुरे गाउँपालिका– ६ बालकोटस्थित सडक माथिबाट पहिरो गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरोले भीमत्तद राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ।

Hardik ivf

त्यससँगै आसपासको क्षेत्रमा तीन चार वटा पहिरो गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। राजमार्ग अवरुद्ध हुँदा सवारी साधन र यात्रु बाटोम रोकिएका छन्।

पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको उनले बताए। सडक विभागको टोलीसँगै सुरक्षाकर्मी पनि पहिरो पन्छाउन खटिएका छन्।

प्रकाशित मिति: ०८:०६ बजे, शनिबार, असोज १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्