Kathmandu Press

भैरहवा विमानस्थलबाट जजिरा एयरवेजका सातामा सात उडान

काठमाडौं, असोज १ : गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरवेजले हप्तामा सातवटा उडान शुरु गरेको छ।गतजेठदेखि हप्ताको तीन उडान भर्दै आएको कुवेतको जजिरा...
भैरहवा विमानस्थलबाट जजिरा एयरवेजका सातामा सात उडान

काठमाडौं, असोज १ : गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरवेजले हप्तामा सातवटा उडान शुरु गरेको छ।

गतजेठदेखि हप्ताको तीन उडान भर्दै आएको कुवेतको जजिरा एयरवेजले शुक्रबारबाट सात उडान शुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ।

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक यात्रामा जाने यात्रुको सङ्ख्या बढ्दै गएपछि जजिरा एयरवेजले आफ्नो उडान हप्तामा सातै दिन राखेको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए।

उनका अनुसार भैरहवामा श्रमको कार्यालय सञ्चालनमा आएसँगै यात्रु माग अझै वृद्धि हुने देखिएको छ। अबुधाबी बेस रहेको विज एयरले पनि भैरहवा विमानस्थलबाट आउँदो अक्टोबर ३० तारिकबाट नियमित उडान गर्ने अनुमति पाइसकेको छ।

उक्त कम्पनीले टिकट बुकिङ लिनका लागि नागरिक उड्डयन प्राधिकरणबाट ‘नो अब्जेक्शन लेटर’ पाइसकेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए। उनका अनुसार उक्त एयरको उडान तालिका भने निश्चित हुन बाँकी छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म ११ हजार यात्रुले उडान अवतरण गसिकेका बताइएको छ। प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवा विस्तारका लागि विमानस्थल सेवा शुल्कमा शत्प्रतिशत छुटको व्यवस्था गरेको छ भने नेपाल वायुसेवा निगमले ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिएको छ।

प्रकाशित मिति: ०६:५६ बजे, शनिबार, असोज १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्