Kathmandu Press

उत्तर भारतमा भारी वर्षाका कारण १० जनाभन्दा बढीको मृत्यु

नयाँ दिल्ली, भदाै ३१ :  भारतको उत्तर प्रदेशमा भारी वर्षाका कारण पर्खाल भत्किँदा १० जनाभन्दा बढीको मृत्यु हुनुका साथै अन्य केही घाइते भएका...
उत्तर भारतमा भारी वर्षाका कारण १० जनाभन्दा बढीको मृत्यु

नयाँ दिल्ली, भदाै ३१ :  भारतको उत्तर प्रदेशमा भारी वर्षाका कारण पर्खाल भत्किँदा १० जनाभन्दा बढीको मृत्यु हुनुका साथै अन्य केही घाइते भएका स्थानीय प्रहरी अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।

उत्तर प्रदेशको राजधानी लखनऊमा मानिसहरू सुतिरहेका बेला उक्त दुर्घटना भएको हो ।

लखनऊमा विगत २४ घण्टादेखि लगातार परेको वर्षाका कारण जनजीवन अस्तव्यस्त बनेको छ । असामान्य रूपमा परेको भारी वर्षाका कारण शहरका विभिन्न भागमा पानी जमेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरी अधिकारी पियुष मोर्डियालाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले भारी वर्षाका कारण पर्खाल भत्किएको बताएका छन् ।

उनले भने, 'लखनउको दिलकुशा क्षेत्रमा केही मजदुर झुपडीमा बस्दै आएका थिए। रातभरको भारी वर्षाका कारण पर्खाल भत्किएको थियो । मृतकको शव भग्नावशेषबाट बाहिर निकालिएको छ ।'

घटनामा घाइते बनेका केही व्यक्तिलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । राज्य सरकारले मृतक र घाइतेका परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ ।

अविरल वर्षाका कारण शुक्रबार बिहान विद्यालय बन्द गर्न प्रशासनले निर्देशन गरेको छ । साथै, लखनउ र आसपासका धेरै क्षेत्रमा वर्षाको चेतावनी पनि जारी गरिएको छ ।

प्रकाशित मिति: १९:५९ बजे, शुक्रबार, भदौ ३१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्