Kathmandu Press

सैनिक कल्याणकारी कोषको सम्पत्ति ६९ अर्ब तीन करोड ७९ लाख

काठमाडाैं, भदाै ३१ : सैनिक कल्याणकारी कोषको यथार्थ सम्पत्ति रु ६९ अर्ब तीन करोड ७९ लाख पुगेको छ । नेपाली सेनाद्वारा आज यहाँ...
सैनिक कल्याणकारी कोषको सम्पत्ति ६९ अर्ब तीन करोड ७९ लाख

काठमाडाैं, भदाै ३१ : सैनिक कल्याणकारी कोषको यथार्थ सम्पत्ति रु ६९ अर्ब तीन करोड ७९ लाख पुगेको छ । नेपाली सेनाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कोषमा नगद मौज्दात रु ६२ अर्ब ६८ करोड ८९ पुगेको जानकारी दिइयो ।

विसं २०७८ असार मसान्तसम्ममा कोषमा नगद मौज्दात रु ५४ अर्ब १२ करोड ७५ लाख थियो । उक्त नगद मौज्दात ‘क’ वर्गका २९ वटा वाणिज्य बैंकमा रहेको छ । कोषको मुख्य आयस्रोत भनेको संयुक्त राष्ट्रसङ्घीको आह्वानमा शान्ति कार्यमा गरेको योगदानबाट प्राप्त हुने रकम हो । विसं २०३२ मा शान्ति सेनामा सहभागी भएवापत प्राप्त रु एक करोड २४ लाख एक हजारबाट कोष स्थापना गरिएको थियो ।

सैनिक कल्याणकारी कोषबाट करिब १० लाखको सङ्ख्यामा रहेका हिताधिकारीलाई स्वास्थ्य, शिक्षा, सुविधा तथा सहुलियत र सीप तथा स्वरोजगारीका विभिन्न कार्य सञ्चालन भइरहेको सहायकरथी विजय थापाले जानकारी दिए। सैनिक कल्याणकारी कोषको रकम विगतमा रु ८५ करोड जोखिममा रहेकामा हाल त्यो घटेर करिब रु पाँच करोडमा सीमित रहेको जानकारी दिइयो । सेनाले कोषको पारदर्शितालाई उच्च प्राथमिकतामा राखेको छ ।

प्रकाशित मिति: १९:४६ बजे, शुक्रबार, भदौ ३१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्