Kathmandu Press

माइतीघरमा मिटरब्याज पीडितकाे धर्ना

काठमाडाैं, भदाै ३१ : मिटरब्याज पीडितहरुले शुक्रबार ४५औं दिन पनि काठमाडौंको माइतीघरमा धर्ना दिएका छन्।आफूलाई मिटरब्याजको नाममा भूमिहीन बनाउने साहुविरुद्ध किसानहरू निरन्तर धर्ना...
माइतीघरमा मिटरब्याज पीडितकाे धर्ना

काठमाडाैं, भदाै ३१ : मिटरब्याज पीडितहरुले शुक्रबार ४५औं दिन पनि काठमाडौंको माइतीघरमा धर्ना दिएका छन्।

आफूलाई मिटरब्याजको नाममा भूमिहीन बनाउने साहुविरुद्ध किसानहरू निरन्तर धर्ना बस्दै आएका हुन्। आफुहरुलाई समस्यामा पार्नेहरुलाई कारवाही नगरेसम्म धर्ना नछाड्ने उनीहरुको भनाइ छ।

आन्दोलनरत मिटरब्याज पीडितहरुको अनसन र धर्ना कार्यक्रममा विभिन्न संघसंस्थाले ऐक्यवद्धता जनाउने क्रम पनि जारी छ।

यसैक्रममा शुक्रबार आगामी मंसिरमा हुने निर्वाचनका लागि काठमाडौं–७ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका ई.किरण केसीलगायत नागरिक समाजका अगुवाहरुले ऐक्यबद्धता जनाएका हुन्।

अष्ट्रेलियाबाट केही दिन अघि मात्र नेपाल आएर एयरपोर्टबाटै उम्मेदवारी घोषणा गरेका ई. केसीले मिटरब्याजी पीडितहरुको पक्षमा साथ दिने प्रतिबद्धता जनाएका छन्।  

 

प्रकाशित मिति: १७:३२ बजे, शुक्रबार, भदौ ३१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्