Kathmandu Press

फिलिपिन्समा कोभिडबाट एकै दिन ३१ जनाको मृत्यु

मनिला, भदाै ३१ : फिलिपिन्समा बिहीबार मात्र कोभिड १९ बाट दुई हजार एक सय ४१ जनामा सङ्क्रमण भएको बताइएको छ। यो समेत गरी यहाँ...
फिलिपिन्समा कोभिडबाट एकै दिन ३१ जनाको मृत्यु

मनिला, भदाै ३१ : फिलिपिन्समा बिहीबार मात्र कोभिड १९ बाट दुई हजार एक सय ४१ जनामा सङ्क्रमण भएको बताइएको छ। यो समेत गरी यहाँ अहिलेसम्म ३९ लाखभन्दा बढी व्यक्तिमा कोभिडको सङ्क्रमण भएको जनाइएको छ।

साथै यहाँ कोभिडका कारण बिहीबार मात्र ३१ जनाको ज्यान गएको फिलिपिन्सको स्वास्थ्य विभागले जानकारी दिएको हो। योसमेत गरी यहाँका ६२ हजार चार सय ४७ जनाको कोभिडबाट निधन भएको थियो। फिलिपिन्सको मेट्रो मनिला क्षेत्रमा कोभिडले सबैभन्दा बढी प्रभावित बनाएको छ।

सो क्षेत्रमा मात्र कम्तीमा पनि एक हजार नयाँ सङ्क्रमित बिहीबार थपिएका बताइएको छ। यहाँ गत जनवरीमा एकै दिन ३९ हजार जनामा पनि सङ्क्रमण भएको थियो।

तर अहिले भने दैनिक दुई हजार जनाको हाराहारीमा सङ्क्रमित भेटिने गरेका यहाँको स्वास्थ्य विभागले जानकारी दिएको छ। यहाँको जनसंख्याको ७२।८ प्रतिशत नागरिकले कोरोनाका विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन्। 

प्रकाशित मिति: १७:२९ बजे, शुक्रबार, भदौ ३१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्