Kathmandu Press

इटालीमा आएको आँधीमा परी सातको मृत्यु

इटालीमा आएको आँधीमा परी सातको मृत्यु

राेम, भदाै ३१ : मध्य इटालीमा आएको भीषण आँधीको कारण सडक र घरहरुमा पसेको बाढीमा परी सातजनाको मृत्यु भएको छ।

नागरिक सुरक्षा निकायका प्रवक्ताले शुक्रबार आँधीको कारण सडक र घरहरुमा पसेको बाढीमा परी सातजनाको मृत्यु भएको एएफपीलाई बताएका छन्। 

स्थानीय अधिकारीहरुका अनुसार हालसम्म मृतकको सङ्ख्या सात छ। 'सातौं शव भर्खरै फेला परेको छ,' प्रवक्ताले स्थानीय सञ्चार माध्यमलाई पुष्टि गरेका छन्।

यस आँधीमा परी कति व्यक्ति घाइते वा बेपत्ता भएकालगयातका  विस्तृत समाचार भने हालसम्म प्राप्त भएको छैन।

प्रकाशित मिति: १६:४२ बजे, शुक्रबार, भदौ ३१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्