Kathmandu Press

स्वतन्त्रता दिवसको रमाइलो गर्दा गुटेमालामा नौ जनाको मृत्यु, २० घाइते

काठमाडाैं, भदाै ३१ : स्वतन्त्रता दिवसका अवसरमा आयोजित कार्यक्रममा भएको झडपमा परी गुटेमालामा कम्तीमा नौ जनाको मृत्यु भएको छ।घटनामा परी अरु २० जना घाइते...
स्वतन्त्रता दिवसको रमाइलो गर्दा गुटेमालामा नौ जनाको मृत्यु, २० घाइते

काठमाडाैं, भदाै ३१ : स्वतन्त्रता दिवसका अवसरमा आयोजित कार्यक्रममा भएको झडपमा परी गुटेमालामा कम्तीमा नौ जनाको मृत्यु भएको छ।

घटनामा परी अरु २० जना घाइते भएका स्थानीय अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्।  

Hardik ivf

बिहीबार बिहान स्वतन्त्रता दिवसका अवसरमा आयोजित सांस्कृतिक कार्यक्रमको अन्त्य तिर झडप भएको थियो। देशको पश्चिमी क्षेत्रमा रहेको क्वेटजाल्तेनान्गोमा घटना भएको घटनास्थलमा पुगेका स्थानीय रेडक्रमकर्मीहरुले जानकारी दिएका छन्।

रेडक्रसकर्मीहरुले सामाजिक सञ्जालमा लेखे अनुसार घटनामा परी घाइते भएकाहरुको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

घटनाका बारेमा स्थानीय प्रहरीले अनुसन्धान सुरु गरिसकेको र शङ्कास्पद केहीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको जनाइएको छ। 

गुटेमालामा हरेक बर्षको सेप्टेम्बर १५ तारिखमा स्वतन्त्रता दिवस मनाउने गरिन्छ। स्पेनको नियन्त्रणबाट मुक्त भएको सम्झनामा गुटेमालामा स्वतन्त्रता दिवस मनाउने गरिएको हो।

प्रकाशित मिति: १६:३६ बजे, शुक्रबार, भदौ ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्