राष्ट्रपति सीको इरानी राष्ट्रपति इब्राहिम रायसीसँग भेट
समरकन्द, भदाै ३१ : चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार बिहान समरकन्दको फोरमलार मजमुआसी कम्प्लेक्समा इरानी राष्ट्रपति इब्राहिम रायसीसँग भेटवार्ता गरेका छन्।सीले चीन र...
समरकन्द, भदाै ३१ : चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार बिहान समरकन्दको फोरमलार मजमुआसी कम्प्लेक्समा इरानी राष्ट्रपति इब्राहिम रायसीसँग भेटवार्ता गरेका छन्।
सीले चीन र इरानबीच लामो समयदेखिको मित्रता रहेको र तिनीहरूको सम्बन्ध परिवर्तनशील अन्तर्राष्ट्रिय परिदृश्यको परिक्षामा खडा भएको कुरा औंल्याए।
दुई देशबीचको बृहत् रणनीतिक साझेदारीलाई सुदृढ र विकास गर्नु दुवै पक्षको साझा रणनीतिक छनोट भएको सीले बताए।चीनले इरानसँगको सम्बन्धलाई रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट हेरेको छ। द्विपक्षीय सम्बन्धमा नयाँ प्रगति गर्न इरानसँग रणनीतिक सञ्चार र समन्वय बढाउन तयार रहेको चिनियाँ राष्ट्रपतिले बताए।
सीले चीनको सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न इरानलाई सहयोग गर्ने र विकासोन्मुख देशहरूको साझा हित र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तलाई कायम राख्न इरानसँग मिलेर काम गर्ने कुरामा जोड दिएका छन्।
'दुवै पक्षले आ–आफ्नो बृहत् सहयोग योजना कार्यान्वयन गर्न, बेल्ट एण्ड रोड सहयोगलाई अगाडि बढाउन सक्रिय प्रयास गर्नुपर्छ र सहयोगको थप उपलब्धि हासिल गर्न प्रयास गर्नुपर्छ,' सीले भने।
ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई) र ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) मा सामेल हुन इरानलाई स्वागत छ भन्ने कुरा उल्लेख गर्दै सीले साङघाई सहयोग संगठन (एससीओ) को पूर्ण सदस्य भएकोमा इरानलाई बधाई दिनुभएको छ। निकट समन्वय र सहयोगका लागि तयार रहेको पनि सीले बताउनु भएका छ।












