पाकिस्तानमा बाढी पहिरोका कारण थप २२ जनाको मृत्यु
इस्लामाबाद, भदाै ३१ : पाकिस्तानमा बाढी पहिरोका कारण थप २२ जनाको मृत्यु भएको छ। अत्यधिक वर्षापछिका घटनामा परी पाकिस्तानमा पछिल्लो समय दैनिक धनजनको क्षति...
इस्लामाबाद, भदाै ३१ : पाकिस्तानमा बाढी पहिरोका कारण थप २२ जनाको मृत्यु भएको छ।
अत्यधिक वर्षापछिका घटनामा परी पाकिस्तानमा पछिल्लो समय दैनिक धनजनको क्षति भइरहेको छ।
घटनामा परी पछिल्लो २४ घण्टामा थप नौ जना घाइते भएको र स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ। बाढी पहिरोबाट सबैभन्दा बढी सिन्ध प्रान्त प्रभावित भएको छ। यही प्रान्तमा मानवीय क्षति र भौतिक क्षति सबैभन्दा बढी भएको छ।
गत मध्य जुनदेखि सुरु भएको मनसुनपछिका घटनाका कारण पाकिस्तानमा यस पटक अकल्पनीय क्षति भएको छ।
बाढी पहिरोले लाखौँ विस्थापित भएका छन्, भने अरु हजारौ घाइते भएका छन्। घटनामा परी अहिलेसम्म एक हजार ५०८ जनाको मृत्यु भएको जनाइएको छ।
त्यसैगरी १२ हजार ७५८ जना घाइते भएका छन्। प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार यसअवधिमा १८ लाख १७ हजार ५५० घर क्षतिग्रस्त भएका छन्। नौ लाख २९ हजार ५४३ जनावर मरेको पनि प्राधिकरणले जनाएको छ।












