स्वदेशी फूलको कारोबारमा वृद्धि
काठमाडौं, भदौ ३१ : स्वदेशमा उत्पादन हुने विभिन्न प्रकारको फूल आव २०७८र७९ मा रु दुई अर्ब ३० करोडको कारोबार भएको छ । आव २०७७÷७८...
काठमाडौं, भदौ ३१ : स्वदेशमा उत्पादन हुने विभिन्न प्रकारको फूल आव २०७८र७९ मा रु दुई अर्ब ३० करोडको कारोबार भएको छ । आव २०७७÷७८ मा रु एक अर्ब ६३ करोडको व्यापार भएको फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ।
विभिन्न ४८ जिल्लामा हाल एक सय ७८ हेक्टर क्षेत्रफलमा फूलको खेती गरिएको छ । गत वर्ष भारत, चीन, नेदरल्याण्ड, भियतनाम, जापान, थाइल्याण्डबाट करिब ३६ करोडको फूल आयात भएको छ भने करिब एक करोडको निर्यात पनि गरिएको एशोसिएशनले जनाएको छ।
एशोसिएशनको ३० औँ वार्षिक साधारणसभामा आयोजित कार्यक्रममा कृषि विभागका उपमहानिर्देशक शान्ता कार्कीले व्यवसायलाई प्रवद्र्धन गर्न उनीहरुका दक्षता अभिवृद्धि तथा उत्पादन बजारीकरणमा देखिएका समस्या समाधान गर्न विभागले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भू–उपयोगको अधिकार स्थानीय तहमा रहेकाले जमिन भाडामा लिन, व्यवसाय प्रवद्र्धन गर्न स्थानीय सरकारसँग समेत समन्वय गर्नुपर्नेमा जोड दिए।
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष अन्जन श्रेष्ठले देशको अर्थतन्त्रलाई गतिशील बनाउन निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउँदै मुलुकको आर्थिक विकास तथा समृद्धिका लागि सरकारले व्यवसायीलाई सहयोगी नीति अवलम्बन गर्नुपर्ने विचार व्यक्त गरे। कार्यक्रममा ‘पुष्प प्रवर्धन नीति’ २०६९ सङ्घीय प्रकृतिको रहेकाले त्यसलाई समयसापेक्ष परिवर्तन गर्नुपर्नेमा व्यवसायीले सुझाएका थिए।












