Kathmandu Press

न्यायिक समितिद्वारा काम सुरु

बाँके, भदौ ३१ : नेपालगञ्ज उपमहानगरपालिकाको न्यायिक समितिमा न्याय निरुपणको कामलाई सक्रियतापूर्वक अगाडि बढाएको छ । समितिमा न्याय निरुपणका लागि परेका निवेदनउपर छानबिन गरी...
न्यायिक समितिद्वारा काम सुरु

बाँके, भदौ ३१ : नेपालगञ्ज उपमहानगरपालिकाको न्यायिक समितिमा न्याय निरुपणको कामलाई सक्रियतापूर्वक अगाडि बढाएको छ । समितिमा न्याय निरुपणका लागि परेका निवेदनउपर छानबिन गरी छलफलमार्फत कारबाही अगाडि बढाइएको समितिले जनाएको छ।

स्थानीय तहको दोस्रो निर्वाचनबाट नगर उपप्रमुख निर्वाचित भएर आएका कमरुद्दिन राईले न्यायिक समितिलाई सक्रिय ढङ्गले क्रियाशील बनाउन आफू प्रतिबद्ध रहेको बताए। उनले न्यायिक समितिमा परेका उजुरीउपर नियमित इजलाश बसेर समाधानको खोजी गरिने र प्रत्येक शुक्रबार इजालाश बसेर न्याय निरुपण गरिने बताए। 

Hardik ivf

उनी निर्वाचित भएर आएपछि पहिलोपटक गत इजलाश बसेर पाँच वटा उजुरीउपर आवश्यक कारबाही अगाडि बढाएको कानुन अधिकृत माया शर्माले बताइन्। उनका अनुसार जग्गा अतिक्रमण, सार्वजनिक ठाउँमा संरचना निर्माण, पारिश्रमिक नपाएकोलगायतका विषयमा न्यायिक समितिले विभिन्न विभिन्न समस्या समाधान गर्दै आएको छ। 
    
छोराछोरीको सहमतिबिना विवाहका लागि मागनी भएको विवाह रद्द भएपछि सामानको क्षतिपूर्ति दिलाइ पाउँ भनी परेको उजुरीउपर न्यायिक समितिले छलफल गरी उक्त सामान बराबरको रकम उपलब्ध गराउन न्यायिक समितिले आदेश गरेको छ। 

नेपालगञ्ज–५ का तरतिल खातुनले आइतेलाल थापालगायतले आफ्नो जग्गा अतिक्रमण गरेको उजुरी न्यायिक समितिमा परेकोमा पहिलो इजलाशले अमिनबाट नापजाँच गरी प्रतिवेदन पेस गर्न आदेश दिएको कानुन अधिकृत शर्माले जानकारी दिइन् । न्यायिक समितिमा उप्रमुख राई संयोजक तथा राजकुमार साहु र वसन्तकुमार कनोजिया सदस्य रहेका छन् । 

प्रकाशित मिति: १५:२७ बजे, शुक्रबार, भदौ ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्