Kathmandu Press

शरद ऋतु आरोहण : चार सय ५० बढीले लिए आरोहण अनुमति

काठमाडौं, भदौ ३१ : यस वर्षको शरद ऋतु (अटम सिजन) को हिमाल आरोहणका लागि ४८ आरोही समूहका चार सय ५० भन्दा बढी आरोहीले आरोहण...
शरद ऋतु आरोहण : चार सय ५० बढीले लिए आरोहण अनुमति

काठमाडौं, भदौ ३१ : यस वर्षको शरद ऋतु (अटम सिजन) को हिमाल आरोहणका लागि ४८ आरोही समूहका चार सय ५० भन्दा बढी आरोहीले आरोहण अनुमति लिएका छन् । पर्ययटन विभागका अनुसार यो सिजनमा सगरमाथा (८,८४८।८६ मिटर), मनास्लु (८,१६३ मिटर) लगायत हिमाल तथा चुली आरोहणका लागि धमाधम आरोही आइरहेका छन् । यो अवधिमा सबैभन्दा बढी मनास्लु आरोहणका लागि ३७ आरोही समूहका तीन सय ९४ आरोहीले आरोहण अनुमति लिएका छन् ।

विभागको पर्वतारोहण शाखाको विवरणमा सगरमाथा आरोहणका लागि एक समूहका पाँच आरोहीले अनुमति पाएका छन् । यस्तै, धौलागिरि (८,१६७ मिटर) आरोहणका लागि चार आरोही समूहका ३४, हिम्लुङ हिमालका (७,१२६ मिटर) मा दुई समूहका सात, नुप्से (७,८५५)आरोहणका लागि एक समूहका पाँच र सरिबुङ (६,३४६ मिटर) आरोहणका लागि मात्र एक आरोहीले अनुमति लिएका छन्।

Hardik ivf

यो सिजनमा हिमाल आरोहणबाट हालसम्म पाँच करोड ३२ लाख २७ हजार ५९२ हजार रोयल्टी जम्मा भएको छ । हिमाल आरोहणका लागि हालसम्म ६० मुलुकका एक सय १० महिला र तीन सय ४४ पुरुष गरी कूल चार सय ५४ आरोही नेपाल आएका छन् ।

अघिल्ला वर्षमा झै यो वर्ष पनि मनास्लु आरोहणमा आरोहीको आकर्षण देखिएको छ । विश्वको आठौँ अग्लो र नेपालको सातौँ अग्लो मनास्लु हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही आएका छन् । शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम मानिने भएकाले सर्वाधिक आरोहीको रोजाइमा पर्छ । शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम भएकाले पनि प्रत्येक वर्ष यो सिजनमा आरोहण गर्न उल्लेख्य सङ्ख्यामा आरोही आउने गरेको नेपाल पर्वतारोहण सङ्घले जनाएको छ ।

सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले आठ हजार १६३ मिटर अग्लो मनास्लुको सफल आरोहण गर्नुभएको थियो । सेभेन सम्मिट ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले यो सिजनमा मनास्लु आरोहणका लागि धमाधम आरोही आइरहेको बताए। आरोहणको उपयुक्त मौसम मानिएकाले हरेक वर्ष मनास्लु आरोहणमा सर्वाधिक आरोही आउने गरेको प्रबन्ध निर्देशक शेर्पाको भनाइ छ। 

प्रकाशित मिति: १४:२८ बजे, शुक्रबार, भदौ ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्