Kathmandu Press

बागलुङमा ‘डेङ्गु नष्ट, आफ्नै घरबाट’ अभियान

बागलुङमा ‘डेङ्गु नष्ट, आफ्नै घरबाट’ अभियान

काठमाडौं, भदौ ३१ : नेपालमा पछिल्लो समय महामारीको रुपमा फैलन थालेको डेङ्गु रोग रोकथामा लागि जिल्ला स्वास्थ्य कार्यालयले सचेतनासहित ‘डेङ्गु नष्ट, आफ्नै घरबाट’ अभियान थालेको छ।     

डेङ्गुको सङ्क्रमणबाट बच्न सुरुमा आफ्नै घर वरपर रहेको पानी जम्ने खाल्टाखुल्टी पुर्ने, गमलामा जम्मा भएको पानी फाल्ने र रामखुट्टेको लार्भा फाल्नका लागि सेचतनामूलक कार्यक्रम वडा वडामा पु¥याउन थालिएको उक्त कार्यालयले जनाएको छ। 

Hardik ivf

कार्यालयका निमित्त प्रमुख तथा जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माका अनुसार जिल्लामा उच्च गतिमा फैलिएको डेङ्गु सङ्क्रमणबाट बच्नका लागि बिहीबारदेखि विभिन्न सचेतनामूलक अभियान र डेङ्गुको लार्भा नष्ट अभियान थालिएको हो। 

‘बागलुङमा डेङ्गु सङ्क्रमण बढ्दो क्रममा छ, पछिल्लो १० दिनमा २० जनामा सङ्क्रमण भइसकेको छ, रोकथामका लागि हामीले बिहीबारदेखि नै काम सुरु गरेका छौँ, सरोकारवाला निकायलाई डेङ्गुबारे सचेतना गराएका छौँ भने पत्रकारमार्फत पनि नागरिकलाई सचेत गराएका छौँ,’ उनले भने, ‘नागरिकको घरबाटै डेङ्गु सङ्क्रमण रोक्न अभियान थालेको छौँ, यसलाई वडा तहमै पु¥याइने छ, घरमा जमेको पानी र पानीमा रहेका लार्भालाई खोजौँ र नष्ट गरौँ भन्दै घरघरमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि र सरोकारवाला निकायलाई पठाइनेछ।’

कार्यालयका अनुसार शुक्रबारदेखि जिल्लाका सबै पालिकामा सचेतनामूलक कार्यक्रम गर्ने, स्वास्थ्य सूचना प्रसारण गर्ने, विद्यालयमा स्वास्थ्य शिक्षा दिनेलगायतका कार्यक्रम तय गरिएको छ । बागलुङस्थित धौलागिरि अस्पतालकाका डा रायना श्रेष्ठका अनुसार एडिज नामको लामखुट्टेको टोकाइबाट सर्ने उक्त रोगबाट बच्नुको पहिलो उपायनै लामखुट्टेको टोकाइबाट बच्ने हो, त्यसको अलवा झुलको प्रयोग गर्ने र घर वरपर पानी जम्न नदिनु हो। 

डेङ्गु एक भाइरसद्वारा लाग्ने सङ्क्रमण हो, जुन एडिज नामको लामखुट्टेको टोकाइबाट हुने गर्दछ । विभिन्न प्रकारका एडिजमध्ये एडिज एलवोपिक्टस र एडिज एजेप्टी मुख्य हुन् । डेङ्गु भाइरस चार प्रकारका हुने प्रमाणित भइसकेको र  यी सबै नेपालमा पाइने गरेका छन् । एडिज लामखुट्टेको शरीर र खुट्टामा सेता–काला धब्बा हुन्छन्, त्यसैले गर्दा यसलाई टाइगर लामखुट्टे पनि भनिन्छ यो रामखुट्टेबाट मात्रै डेङ्गुको रोग सङ्क्रमण हुने गरेको छ। 

यसले दिउँसो टोक्दछ भने सफा र स्थिर पानीमा यसले अण्डा पार्ने गर्दछ । पोथी लामखुट्टेले आफ्नो अण्डाको विकासका लागि रगत चुस्ने गर्दछ। आफ्नो १४ देखि २१ दिनको जीवनचक्रमा यसले करिब तीन सयवटा अण्डा पार्दछ । डेङ्गु रोग लागेपछि अचानक ज्वरो आउने, वाकवाकी लाग्ने र अचेत हुनेलगायतका लक्षण देखा पर्दछन्। 

प्रकाशित मिति: १३:०८ बजे, शुक्रबार, भदौ ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्