स्वाइन फ्लूबाट राजस्थानमा १०७ को मृत्यु
काठमाडौं, माघ २८ : स्वाइन फ्लूले भारतको राजस्थानमा एकसय सात जनाको मृत्यु भएको छ ।
आईतबार मात्रै स्वाइन फ्लूबाट दुई जनाको मृत्यु भएको भारतीय ....

काठमाडौं, माघ २८ : स्वाइन फ्लूले भारतको राजस्थानमा एकसय सात जनाको मृत्यु भएको छ ।
आईतबार मात्रै स्वाइन फ्लूबाट दुई जनाको मृत्यु भएको भारतीय मिडियाले जनाएका छन् । राजस्थानका केही गाउँमा स्वाइन फ्लूले सयौं व्यक्ति बिरामी परेका छन् ।
राजस्थान राज्य सरकारका अनुसार, दुई हजार नौसय ४१ जना स्वाइन फ्लूका कारण अस्पताल भर्ना भएका छन् । यो संख्या बढ्दै गएको स्वास्थ्य विभागले जनाएको छ ।
केही स्थानमा चिकित्सकको टोली खटाइएको छ । अझै कयौं गाउँमा स्वास्थ्यकर्मी पुग्न नसकेको जनाएको छ ।
जनवरीको शुरुआतसँगै राजस्थानका केही गाउँमा स्वाइन फ्लू देखिएको थियो । यो फैलिदै गएर यो एक महिनामा एकसय सात जनाको मृत्यु भएको जनाएको छ ।
प्रकाशित मिति: १२:३५ बजे, सोमबार, माघ २८, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार












