Kathmandu Press

शैक्षिक गुणस्तर वृद्धि गर्न स्थानीय तह लाग्नुपर्छ : मन्त्री पौडेल

भक्तपुर, भदाै ३० : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न स्थानीय तहले विशेष शैक्षिक योजना ल्याउनुपर्नेे बताएका...
शैक्षिक गुणस्तर वृद्धि गर्न स्थानीय तह लाग्नुपर्छ : मन्त्री पौडेल
Hardik ivf

भक्तपुर, भदाै ३० : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न स्थानीय तहले विशेष शैक्षिक योजना ल्याउनुपर्नेे बताएका छन।

मन्त्री पौडेल र चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीबीच आज भएको भेटवार्तामा उनले स्थानीय तहले आफ्ना पालिकाभित्र रहेका विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने योजना र त्यसलाई कार्यान्वयनमा ल्याउनुपर्ने बताएका हुन। उनले चाँगुनारायण नगरपालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने उल्लेख गर्दै चाँगुनारायण इञ्जिनीयरिङ कलेजका बारेमा चासो राख्दै छलफल गरेका हुन।

मन्त्री पौडेललाई नगरप्रमुख खत्रीले चाँगुनारायण इञ्जिनीयरिङको वर्तमान अवस्था र समस्याका बारेमा जानकारी गराएका थिए। उनले चाँगुनारायण नगरपालिकाभित्रका सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरमा वृद्धि गर्दै देशकै नमूना शैक्षिक गन्तव्य बनाउने अभियान सञ्चालन गरेको बताए। नमूना शैक्षिक गन्तव्य बनाउने नगरपालिकाको अभियानलाई सफल पार्न आवश्यक सहयोग गर्न उनले मन्त्री पौडेलसमक्ष आग्रह गरेका थिए।

प्रकाशित मिति: २०:३९ बजे, बिहीबार, भदौ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्