Kathmandu Press

जनकपुरधाम उपमहानगरपालिकाले जग्गाको कित्ता काट खोल्दै

जनकपुरधाम, भदाै ३० : जग्गाको कित्ता काट रोकिए कारण नागरिकलाई समस्या भएपछि जनकपुरधाम उपमहानगरपालिका खोल्ने तयारीमा जुटेको छ।उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले जग्गाको कित्ता...
जनकपुरधाम उपमहानगरपालिकाले जग्गाको कित्ता काट खोल्दै

जनकपुरधाम, भदाै ३० : जग्गाको कित्ता काट रोकिए कारण नागरिकलाई समस्या भएपछि जनकपुरधाम उपमहानगरपालिका खोल्ने तयारीमा जुटेको छ।

उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले जग्गाको कित्ता काट रोकिएका कारण जनता मारमा परेका कारण खोल्ने तयारीमा जुटेको बताए। उनले भने,'जग्गाको कित्ता काट रोकिएका कारणले कतिपय व्यक्तिलाई जग्गा बिक्री गरेर छोरा छोरीलाई पढाउन, उपचार तथा अन्य समस्या समाधान गर्न समस्या भएको छ। दैनिक स्थानीयवासीले यस्ता समस्या लिएर आउन थालेका छन्।'

Hardik ivf

प्रमुख साहले वर्गीकरण गर्नका लागि स्थलगत रुपमा अनुगमन गरेर किसिम छुट्याउने काम गर्नुको साथै उपमहानगरपालिकाले कन्सल्टेन्ट नै नियुक्त गरेर जग्गाको वर्गीकरण गर्ने काम गरिरहेको जानकारी दिए। उनले अहिले जग्गाको वर्गीकरण सहज गर्नका लागि नापीका विज्ञ विजयकुमार महतोलाई प्रमुख कन्सल्टेन्टको रुपमा नियुक्त गरेर वडा वडामा परिचालन गरेको बताए।
    
प्रमुख साहले भने, '१५ दिनभित्र जग्गाको कित्ताकाट खोल्ने गरी तयारी गरिएको छ। जग्गाको वर्गीकरण गरेर भदौ महिनाभित्रमा प्रतिवेदन दिनका लागि उपमहानगरपालिकाले सबै वडाका अध्यक्ष एवं सचिवसँग बैठक गरेर आग्रह गर्दा पनि १० वडाले मात्र प्रतिवेदन दिएपछि ढिलाइ भएको हो।'

जनकपुरधाममा रहेका २५ वडामध्ये १० वटाको जग्गा वर्गीकरणसम्बन्धी विवरण प्राप्त भए पनि अन्य १५ वटाको बाँकी रहेकाले जग्गाको कित्ता काट गर्ने काम खोल्न नसकेको उपमहानगरपालिकाले जनाएको छ। कुन जग्गा कस्तो प्रकृतिको हो त्यसको सम्पूर्ण विवरण प्राप्त भएपछि जनकपुरधामको कार्यपालिकाबाट कित्ताकाट सुरु गर्ने उल्लेख गर्दै नगरप्रमुख साहले जग्गाको वर्गीकरण तथा कित्ता काट गर्ने सम्पूर्ण अधिकार स्थानीय सरकारको रुपमा रहेको पालिकालाई दिइएपछि कतिपय पालिकामा कित्ता काट गर्ने काम रोकिएको बताए।

प्रकाशित मिति: २०:१९ बजे, बिहीबार, भदौ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्