Kathmandu Press

आगामी निर्वाचनमा अपाङ्गताको उम्मेदवारी सुनिश्चितता गर्न माग

काठमाडाैं, भदाै ३० : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा अपाङ्गता भएका व्यक्तिकोे राजनीतिक अधिकार सुनिश्चित गर्ने जिल्लाका राजनीतिक दलसहित...
आगामी निर्वाचनमा अपाङ्गताको उम्मेदवारी सुनिश्चितता गर्न माग

काठमाडाैं, भदाै ३० : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा अपाङ्गता भएका व्यक्तिकोे राजनीतिक अधिकार सुनिश्चित गर्ने जिल्लाका राजनीतिक दलसहित विभिन्न सरोकारवालाले प्रतिबद्धता जनाएका छन्।

बिर्तामोडमा आज नेत्रहीन युवासङ्घ नेपालको आयोजना तथा संवाद समूहको सहकार्यमा आयोजित कार्यक्रममा समावेशी सिद्धान्तअन्तर्गत नै निर्वाचनमा अपाङ्गता भएकाको सहभागिता महत्वपूर्ण रहने बताउँदै उनीहरुले सो प्रतिबद्धता जनाएका हुन्।

Hardik ivf

कार्यक्रममा नेत्रहीन युवा सङ्घ नेपालका जिल्ला अध्यक्ष दिलकुमार राजवंशीले अपाङ्गता भएका व्यक्तिको निर्वाचनमा सहभागितासम्बन्धी संवैधानिक व्यवस्था, विगतमा देखिएका समस्या, निर्वाचन प्रक्रियामा गर्नुपर्ने सुधारका पक्षलगायतका बारेमा जानकारी गराएका थिए।

सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले अपाङ्गता भएकाबारे संविधानमा भएको व्यवस्था कार्यान्वयन हुनुपर्नेमा जोड दिए। उनले मतदान केन्द्र अपाङ्गतामैत्री बनाउने प्रयास गर्ने बताए।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालले संसद्मा अपाङ्गता भएकाको प्रतिनिधित्वबारे स्पष्ट कानूनी व्यवस्था भए पनि राजनीतिक दलको तर्फबाट उम्मेदवार बन्न नसक्नु दुःखद् भएको बताए।

नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण हुमागाईंले कांग्रेसको विधानमै अपाङ्गता भएकालाई पनि समेट्नुपर्ने भन्ने व्यवस्था रहेकाले विधानअनुसार अपाङ्गता भएकाको माग सम्बोधन गर्ने बताए।

नेकपा (एमाले)का सचिवालय सदस्य देवराज कार्कीले पार्टीभित्र समावेशी सिद्धान्तलाई पूर्ण पालना गर्दै अपाङ्गता भएकाको प्रतिनिधित्व आगामी निर्वाचनमा गराउनेबारे पार्टीभित्र छलफल चलाउने बताए।

राप्रपाका जिल्ला अध्यक्ष केशव ओझाले अपाङ्गताबारे अब बहस मात्र नभई व्यावहारिक पाटोमा ध्यान दिनुपर्ने बताए। कार्यक्रममा नेत्रहीन युवा सङ्घ नेपालले आगामी निर्वाचनमा अपाङ्गता भएकाको उम्मेदवारी सुनिश्चितता तथा अपाङ्गता भएकाको सवाल समेटिएको ज्ञापनपत्रसमेत जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलाई बुझाएको छ।

प्रकाशित मिति: २०:०७ बजे, बिहीबार, भदौ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्