Kathmandu Press

ठमेलबाट ३० लाख लुटपाट गरेको आरोपमा तीन जना पक्राउ

काठमाडाैं, भदाै ३० : काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले लुटपाटमा संलग्न तीन जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा भोजपुरका २९ वर्षीय योगेन्द्र तामाङ, सिन्धुलीका...
ठमेलबाट ३० लाख लुटपाट गरेको आरोपमा तीन जना पक्राउ

काठमाडाैं, भदाै ३० : काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले लुटपाटमा संलग्न तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भोजपुरका २९ वर्षीय योगेन्द्र तामाङ, सिन्धुलीका ३० वर्षीय देव लामा र रामेछापका २० वर्षीय मिन बहादुर तितुङ (रोहित) रहेका छन्।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कपनबाट बुधबार मोटरसाइकलसहित पक्राउ गरेको हो।

भदौ २२ गते ११: १० बजेको समयमा ठमेलमा सञ्‍चालित ओरियण्टल मनी एक्सचेन्ज बन्द गरी कोठा जाने क्रममा मोटरसाइकलमा आएका ५ जना अपरिचितले जबरजस्ती मोटरसाइकलमा राखेर म्हैपी, सोह्रखुट्टे, खुसीबु हुँदै शोभा भगवतीको पुल मुनिबाट डल्लु पुर्‍याइ साथमा भएको ३० लाख २३ हजार २०८ रुपैयाँ लुटेर लगेको पीडितले उजुरी दिएको प्रहरीको दाबी छ।

पक्राउ परेका उनीहरुलाई अपहरण तथा डाँका चोरी कसूरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको र घटनामा संलग्‍न थप दुई जनाको खोजी भइरहेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १९:३६ बजे, बिहीबार, भदौ ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्