Kathmandu Press

वर्णबास म्युजियम होटलले भन्यो,-महानगरको नक्सापास बमोजिम काम भैरहेको छ  

काठमाडौं, भदौ ३० : बालुवाटारमा निर्माणाधिन वर्णबास म्युजियम होटलले भवन निर्माण गर्दा महानगरबाट नक्शा पास भए अनुरुप दक्षिणतर्फ टुकुचा खोलाको किनाराबाट ५ देखि...
वर्णबास म्युजियम होटलले भन्यो,-महानगरको नक्सापास बमोजिम काम भैरहेको छ  

काठमाडौं, भदौ ३० : बालुवाटारमा निर्माणाधिन वर्णबास म्युजियम होटलले भवन निर्माण गर्दा महानगरबाट नक्शा पास भए अनुरुप दक्षिणतर्फ टुकुचा खोलाको किनाराबाट ५ देखि ६ मिटर जमिन छोडेर निर्माण गरिएको  र भविष्यमा टुकुचा किनाराबाट विस्तार हुन सक्ने सडकलाई प्रचलित नियमअनुरुप मार्ग प्रशस्त गरिएको बताएको छ ।

संरचना निर्माणबारे केही सञ्चार माध्यममा आएका नकारात्मक टिप्पणीलाई लक्षित गर्दै प्रकाशित होटलले एक प्रेस बिज्ञप्ति मार्फत यस्तो प्रष्टाएको हो । होटलले निर्माण सुरु गर्नु अगाडि नै प्रारम्भिक वातावरणीय परीक्षा पनि पास गरेको जनाएको छ साथै भवन निर्माण गर्दा नक्शा पास भएअनुरुप नै बनाइएको बिज्ञप्तिमा उल्लेख छ ।

Hardik ivf

होटलले काठमाडौं महानगरको भवन निर्माणसम्बन्धी नीतिले टुकुचा खोलाको किनाराबाट होटलको जमिनतर्फ ५ मिटर छाड्नु पर्ने वा मध्यभागबाट छाड्नुपर्ने भनेर स्पष्ट नपारे पनि निर्माणाधिन संरचनाको चारैतिर ५.५ मिटर जमिन छाडिएको बताइएको छ । काठमाडौं महानगर, नापी विभागबाट पटक पटक जग्गा नाप्दा पनि त्रृटि नभेटिएको होटलको भनाइ छ ।

खोलामा पानीको बहाव बढ्दा हुन सक्ने क्षतिलाई न्युन गर्न पक्की कम्पाउन्ड लगाइएको र सडकलाई आवश्यक पर्ने जमिन पनि खाली गरि कुनै संरचना निर्माण नगरिएको बिज्ञप्तिमा उल्लेख छ । नेपालका विभिन्न जातजाति, भेगहरुको मौलिक परम्परा झल्काउने गरी होटलको निर्माण भइरहेको छ ।

आउँदो अङ्ग्रेजी नयाँ बर्षदेखि सन्चालनमा ल्याउने तयारी भएको होटलको लगानी एक अर्व १६ करोड रहेको छ ।

प्रकाशित मिति: १८:४८ बजे, बिहीबार, भदौ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्